दफा ११८
निर्देशिका बनाई लागू गर्ने
(१) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुको अधीनमा रही बोर्डले धितोपत्र कारोबारलाई व्यवस्थित गर्नका लागि देहायका विषयहरुका सम्बन्धमा निर्देशिका बनाई लागू गर्न सक्नेछः– (क) धितोपत्र दर्ता तथा निष्काशन अनुमति सम्बन्धमा, (ख) धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धमा, (ग धितोपत्र बाँडफाँड सम्बन्धमा, (घ) व्यावसायिक मर्यादा सम्बन्धमा, (ङ) धितोपत्र कारोबार नियमन सम्बन्धी अन्य विषयका सम्बन्धमा । (२) उपदफा (१) बमोजिम बोर्डले बनाएको निर्देशिकाको पालन गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।